फिल्म ‘मारुनी’को ट्रेलर रिलिज
साउन २१, २०७६ । नवल नेपालद्वारा निर्देशित फिल्म ‘मारुनी’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा त्रिकोणात्मक प्रेम कथालाई देखाईएको छ भने आफनो प्रेम पाउन गरेको युद्ध देखाईएको छ ।
यस फिल्ममा साम्राज्ञी र पुष्प खड्का निकै पावरफुल देखिएका छन् । अर्की नायिका रेविका गुरुङले ट्रेलरमा खासै धेरै स्पेश पाएकी छैनन् । साम्राज्ञी पुष्पको एकोहोरो प्रेममा देखिएकीछिन् भने पुष्पको बिवाह रेविकासंग भएको देखाईएको छ ।
पारिवारिक कथामा फिल्म बनाउन सिपालु मानिने निर्देशक नवलको यस फिल्मले दर्शकलाई हलसम्म डोर्याउन अनुमान सहजै लगाउन सकिन्छ ।
यो फिल्म भदौं १३ गतेबाट प्रदर्शन हुनेछ ।
ट्रेलर हेर्न क्लिक गर्नुहोस्: