चर्चित मोडल करिष्मा ढकाल र शिव खड्का अभिनित ‘माछी खोलिमा’ बजारमा

Sharing is caring!

माघ २४, २०७६ । पछील्लो समयमा चर्चा बटुल्न सफल मोडल शिव खड्का र करिष्मा ढकाल अभिनित ‘माछी खोलिमा’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

“यो भन्दा अगाडि गरेको म्युजिक भिडियोमा पनि सबै जनाले राम्रो प्रतिकृया दिनु भयो । मलाई लाग्छ, यो भिडियोलाई हेरेर राम्रो प्रतिकृया दिनुहुनेछ ।” मोडल खड्काले भने ।

मोडल शिव खड्काले ‘घर बार भाछैन’ म्यूजिक भिडियोमार्फत आफ्नो रंगमञ्चको यात्रा प्रारम्भ गरेका थिए भने उनले अभिनय गरेका दोस्रो म्युजिक भिडियो ‘तिमी भन्छौ’ र ‘माछी खोलिमा’ गरी तीन वटा म्युजीक भिडियोमा अभिनय गरिसकेका छन ।

अब कलाकारीता यात्रालाई निरन्तरता दिने र नयाँ भिडियोहरुको काम पनि गर्दै अघी बढ्ने मोडल खडकाको भनाइ छ । मोडल खड्का युवा ब्यवसायी समेत हुन । उनी दिर्घायु लजिस्टिक प्राली र नमोबुद्ध लजिस्टिक प्रालीको सञ्चालकको रुपमा कार्यरत छन ।

समिर आचार्य र प्रकाश अकेलाको प्रस्तुती रहेको उक्त गीतमा समिर आचार्य र सुनिता गिरिको आवाज रहेको छ् । कृष्ण बस्यालको शब्द रचना,अर्जुन सापकोटाको लय रहेको गीतमा बेद आचार्य र सपना कुँवरको कोरस रहेको छ ।

भिडियोलाई कोरियोग्राफि र निर्देशन ट्यालेन्टेड निर्देशक एंव कोरियोग्राफर प्रतिक ङेसुरले भिडियोमा नयाँ प्रयोग गरेका छन भने छायांकन,सम्पादन,कलर र ड्रोन सुर्य लामाले गरेका छन । भिडियोमा मोडल शिव खड्का र करिष्मा ढकालको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *