विक्रान्त भन्छन्, : ‘१२ वी फेल’को स्क्रिप्ट पढ्दा रोएँ

Sharing is caring!

माघ १७, २०८० । बलिउड अभिनेता विक्रान्त मेसी हालका दिनमा आफ्नो ब्लकबस्टर फिल्म ‘१२ वी फेल’को सफलताको उत्सव मनाइरहेका छन् ।

यो फिल्मबाट उनले यस वर्षको ‘फिल्मफेयर अवार्ड २०२४’ मा ‘बेस्ट एक्टर’को अवार्ड नै जिते । जसको खुशी उनले आईपीएस मनोजकुमार शर्माका साथ उनको घरमा मनाए । विक्रान्तले हालैमात्र आफ्नो इन्स्टाग्राममा मनोजसँगको एक तस्वीर शेयर गरेका थिए, जहाँ उनी मनोजका साथ आफ्नो अवार्डसहित उपस्थित थिए ।

यही बीचमा विक्रान्तले आफ्नो फिल्म ‘१२ वी फेल’को स्क्रिप्टका बारेमा कुराकानी गरेका छन् । उनले आफूले फिल्मको स्क्रिप्ट पढ्दा कस्तो अनुभव भयो भन्ने कुरा बताएका छन् ।

‘जब मैले पहिलोपटक स्क्रिप्ट पढें, म करिब १५–२० मिनेटसम्म रोएँ । किनकी मैले यस्तो अद्भुत कथा कहिल्यै सुनेको थिइनँ । न देखेको नै थिएँ, यहाँसम्म कि यो बारे मलाई थाहा पनि थिएन’, उनले भनेका छन्, ‘म यो स्क्रिप्ट पढेर निकै प्रभावित भएको थिएँ र कहिँ न कहिँ आफूलाई यही कथामै पाएँ ।’

‘१२ वी फेल’को कथा आईपीएस अधिकारी मनोजकुमार शर्माको जीवनमा आधारित छ । आफ्नो १५ वर्षे करियरमा विक्रान्तले ‘मिर्जÞापुर’, ‘लिपस्टिक अन्डर माई बुर्का’, ‘छपाक’, ‘हसीन दिलरुबा’ र ‘लव होस्टल’ जस्ता फिल्ममा दमदार अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *