यू १९ विश्वकप : नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

Sharing is caring!

माघ १७, २०८० । आईसीसी यू १९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेश ५ विकेटले सँग पराजित भएको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा भएको खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारीले बंगलादेशको ५ वटै विकेट झारेका थिए ।

बंगलादेशका आरिफुल इस्लामले सर्वाधिक ५९ रन बनाउँदै नट आउट रहे भने जिशन आलमले ५५ रन जोडे । त्यस्तै बंगलादेशका आशिकुर रहमान शिब्लीले १६ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भएको थियो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । १ सय बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए । त्यसैगरी, कप्तान देव खनालले ३५ रन जोडे । ६० बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए ।

त्यसैगरी, सुवास भण्डारीले १८ रन बनाए । उता बंगलादेशका रोहनत दौलाह बोर्सनले चार विकेट लिए भने शेख परभेज जीवनले तीन विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *