पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

Sharing is caring!

चैत ८,२०७५ । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ।

विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न फाइनलमा नेपाललाई ३-१ ले हराउँदै भारतले लगातार पाँचौ पटक उपाधि जितेको हो।

भारतको जितमा डालिमा छिब्बर, ग्रेस दाङमेइ र अञ्जु तामाङले गोल गरे भने नेपालका लागि साबित्रा भण्डारीले एक गोल फर्काइन्।

पहिलाे हाफमा बराबरी खेलेकाे नेपालले दाेस्राे हाफमा लय गुमाउँदा घरेलु मैदानमै पराजित हुनुपर्‍यो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *