आइपिएलमा मुम्बई इन्डियन्स फाइनलमा

Sharing is caring!

बैशाख २६, २०७६ । भारतमा जारी १२औँ संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल)मा मुम्बई इन्डियन्सले फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा मुम्बईले पाँचौं पटक विजेता चेन्नई सुपर किंग्समाथि ६ विकेटको जित हासिल गर्दै  अन्तिम दुई स्थान पुगेको हो ।

चालू आइपिएलमा मुम्बईले चेन्नईविरुद्धका तीनै खेलमा जित हात पारेको हो ।

अब चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल र सनराइजर्स हैदरावादबीचको विजेताविरुद्ध फाइनल प्रवेश गर्नका लागि प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *