भैरहवा ग्लाडीयटर्स इपिएलको फाइनलमा प्रवेश

Sharing is caring!

पुस ५, २०७५ ।  भैरहवा ग्लाडीयटर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा काठमाडौं किङ्स इलाभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा उपाधि नजिक पुगेको हो। भैरहवाले अब उपाधिका लागि ललितपुर प्याट्रियट्ससँग यही शनिबार प्रतिस्पर्धा गर्नेछ।

काठमाडौंले दिएको १०१ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले १७ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

भैरहवाको जीतमा रायन टेन डोसकाटेले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रबी इन्द्रर सिंहले ३१, रोहितकुमार पौडेल नौ तथा कप्तान शरद भेषावकरले अविजित ६ रन बनाएका थिए ।

बलिङतर्फ काठमाडौंका सांसद शेखले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्रै बनाएको थियो ।

काठमाडौंका लागि  सन्दीप रजालीले २७, प्रदीप साहुले २५ र अमित श्रेष्ठले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर पनि बनाउन सकेनन् । काठमाडौँलाई एक सय रनमा समेट्ने क्रममा भैरहवाका कुशल मल्लले ३ विकेट लिए भने मोहमद नाभिदले २ विकेट लिए।यो जीतसँगै भैरहवाले शनिबार हुने फाइनल खेलमा ललितपुर प्याट्रियट्ससँग  भिड्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *