त्रिकोणात्मक टी–२० आई शृङ्खलाको उपाधि युएईलाई

Sharing is caring!

कात्तिक १०, २०८० । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको उपाधि युएईले जितेको छ । नेपालले यूएईलाई दिएको १ सय ६३ रनको लक्ष्य यूएईले ४ विकेटको क्षतिमा पुरा गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर १६२ रन बनायो । १ सय ६३ रनको लक्ष्य पछ्याएको युएईका लागि ओपनर व्याट्सम्यानद्वय क्याप्टेन मोहम्मद वसीम र आर्यन शर्माले ७१ रनको बलियो साझेदारी गरे ।

२२ बलको सामना गरेका मोहम्मद वसीमले २ छक्का र ४ चौकाको मद्दतमा ४५ रन बनाउँदा उनका साझेदार शर्माले २६ बलमा २५ रन जोडे । निकै राम्रो व्याटिङ गरिरहेका क्याप्टेन वसीमलाई नेपाली बलर गुल्सन झाले आउट गराए । नेपालका लागि अविनास बोहरा र गुल्सन झाले समान २-२ विकेट लिए । कुशल मल्ल १ विकेट लिए । २५ बल खेलेर २६ रन जोडेका वृतिया अरविन्द रुद्रावेललाई दिपेन्द्र सिंह ऐरिले रन आउट गराए ।

टस हारेर सुरुवाती व्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात अफजल खानले आफ्नो पहिलो ओभरको छैटौं बलमा शेखको विकेट लिए । उनी मात्र ७ रनमा आउट भए । आक्रमक पारी खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्ल मात्र १ रनमा आउट भए । कुशल पनि अर्धशतक बनाए लगतै आउट भए ।

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुवैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । तर, १३औं ओभरमा दुवै जना आउट भए । १८ बलको सामना गरेका क्याप्टेन रोहित पौडेलले १७ रन, दिपेन्द्र सिंह ऐरिले १५ बल खेल्दा २० रन, सन्दीप जोराले १० बलमा १० रन, गुल्छन झाले ८ बलमा ५ रन बनाउँदा क्याच आउट भए।

यूएईका आयान खानले तीन विकेट लिंदा अली नासीर र जाहुर खानले समान २–२ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *