सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाइते

Sharing is caring!

कात्तिक १०, २०८० । चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना सख्त घाइते भएका छन्।

बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६ प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख २३५४ नम्बरको बसले ठक्कर दिंदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेज भरथपुरमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै बिहीबार साँझ नै चितवनको रत्ननगर नगरपालिका ७ बद्रेनीस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टदा तीन जना घाइते भएका छन्।

बद्रेनीबाट हात्तीचोकतर्फ आउँदै गरेको बा प्र ०६–००१ प ४७९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१२ का २० वर्षीय समित महतो, मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका ६ का २१ वर्षीय विज्ञान चौधरी र सोही ठाउँका २२ वर्षीय रोशन चौधरी घाइते भएका थिए। सख्त घाइते तीनै जनाको उपचार भरतपुरको पुरानो मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *