त्रिकोणात्मक टी–२० आई सिरिज : उपाधिकालागि नेपाल र युएईबीच आज प्रतिस्पर्धा हुने

Sharing is caring!

कात्तिक १०, २०८० । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच आज फाइनल प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो । हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा परेसँगै फाइनलमा उपाधिकालागि भिड्न लागेका हुन् ।

डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । यसअघि भएका ४ खेल मध्ये नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो । युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा युएई दोस्रो भएर फाइनल पुगेको हो ।

टी–२० आईमा नेपाल र यूएईबीच हालसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएईले तीन वटा खेल जितेको छ । नेपाली टोलीका लागि चिरपरिचित प्रतिस्पर्धी मानिने टोली युएईसँग आज हुने खेल रोचक हुने मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *