हृदयाघातका कारण चीनका पूर्वप्रधानमन्त्री ली को निधन

Sharing is caring!

कात्तिक १०, २०८० । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको बिहीबार राती निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको चिनियाँ मिडियाहरुले जनाएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले बिहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको छ भने,चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ मा हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२ बजेर १० मिनेटमा उनको निधन भएको जनाएको छ ।

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । ६८ वर्षीय नेता लीको गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *