सत्ता गठबन्धनको निष्कर्ष : कोशीको परिणाम अप्रत्याशित र चिन्ताजनक

Sharing is caring!

माघ १६, २०८० । सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभामा सत्ता गठबन्धनको अपेक्षाविपरीत आएको निर्वाचन परिणामलाई अप्रत्याशित ठहर गरेको हो । दुई सदस्यका लागि भएको निर्वाचनमा कांग्रेस उम्मेदवारले जितेका थिए भने महिलातर्फको सीटमा माओवादी उम्मेदवारलाई एमालेसँग पराजित गरेकी थिइन ।

राष्ट्रियसभाको निर्वाचनको समीक्षा गर्न बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठक पश्चात नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कोशीमा आएको परिणामको बारेमा प्रारम्भिक छलफल भएको बताएका छन् । गठबन्धनका शीर्ष नेताले आफ्नो पक्षको मतभारका हिसाबमा जीत सुनिश्चितको हिसाब निकालेका थिए । अपेक्षाअनुसारको परिणाम नआउनु गम्भीर र चिन्ताजनक भएको भन्दै नेता लेखकले त्यसको बारेमा गम्भीर रुपमा छलफल भएको बताए ।

उनले भने, ‘कोशी प्रदेश सत्ता पक्षको गठबन्धनमा हामीले एउटा सिट गुमाएका छौं । त्यो विषयलाई लिएर छलफल भएको छ । समग्रतामा अरु प्रदेशको बारेमा पनि छलफल भएको छ । राष्ट्रियसभाको निर्वाचनको परिणामलाई लिएर प्रारम्भिक रुपले गम्भीररुपमा छलफल गरेको छ । कोशीमा जुन परिणाम आएको छ यो गम्भीर छ, चिन्ताजनक छ यसको बारेमा प्रारम्भिक छलफल भएको छ र अझै छलफल गर्ने निर्णय भएको छ ।’

यस्तै, उनले यो विषय गठबन्धनकै सरोकारको विषय भएको भन्दै यसले गठबन्धनमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताए । उनले भने, ‘यो कन्सर्न प्रधानमन्त्री वा सभापतिको मात्रै नभएर समग्रतामा गठबन्धनकै कन्सर्न हो किनभने सबैको साझा उम्मेदवार भएको हुनाले यसमा कसका के भन्दा पनि समग्रतामा विश्लेषण गरेका छांै । गठबन्धन एकमुष्ट छ, एकीकृत छ, गठबन्धनमा यसले कुनै प्रतिकूल प्रभाव पार्ने अवस्था छैन् भन्ने विषयमा पनि समझदारी छ ।’ उनले प्रारम्भिक छलफलमा गोप्य मतदानका विषयमा कसले फ्लोर क्रस ग¥यो भन्ने विषय प्रारम्भिक छलफलको विषय नभएको भन्दै यस बारेमा आगामी दिनमा विश्लेषण हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *