मैले एक्टिभिज्म देखाउन खोजेको होइन : राष्ट्रपति पौडेल

Sharing is caring!

भदौ ५, २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको जारी अवरोधले आफुलाई चिन्तीत बनाएको बताउँदै आफुले एक्टिभिज्म देखाउन नखोजेको बताएका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई मंगलबार बिहान शीतल निवासमा आमन्त्रण गरेका पौडेलले लिखित धारणा राख्दै संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवद्र्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको धारणा राखेका हुन् ।

राष्ट्रपति पौडेल सक्रिय हुन खोजेको भन्दै विपक्षी एमालेले शीतल निवासमा आयोजना गरेको बैठक बहिस्कार गरेको प्रति लक्षित गर्दै उनले भने, ‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो ।’

एमाले बाहेकका दल सहभागि सर्वदलिय बैठक अहिले शीतल निवासमा जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *