दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ : माधव नेपाल

Sharing is caring!

भदौ ५, २०८० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम भएको बताएका छन् । नेकपा एसको मंगलबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले आफ्नो काम सबै राम्रो भएको दावी गर्ने प्रवृतिले अवस्था विग्रने गरेको बताए ।

उनले भने, आफ्नो कमजोरीलाई देख्ने प्रवृति कम छ । आफुले सबै राम्रो काम गरेको भनेर प्रस्तुत गर्ने प्रवृति ज्यादा छ । समस्या देखे पछि भाग्ने पन्छाउने व्यवस्था गर्ने र त्यसमा गुजुल्टिदै जाने र त्यसले क्यान्सरको रुप लिने स्थिति पनि विद्यमान छ ।

अहिलेको राष्ट्रिय राजनीति र देशको अवस्था कस्तो छ भनेर नियाल्न जरुरी भएको उनको भनाइ छ । अध्यक्ष नेपालले जनताको पीडा र वेदनालाई महसुस गरेर सम्वद्र्धन गर्ने र त्यसलाई उजागर गर्दै समाधान गर्ने कुरामा आफुहरुले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *