राष्ट्रपति भण्डारीद्वारा शुभकामना, राष्ट्रलाई आत्मनिभर बनाउने अवसर

Sharing is caring!

चैत ३०, २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्षको शुभकामना सन्देश दिँदै उहाँले २०७४ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको भन्दै नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनःसंरचनाअन्तर्गत संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका निर्वाचन सफल रुपमा सम्पन भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले विभिन्न तहका सरकार र संसदीय अभ्यासका अतिरिक्त स्थानीय तहमा न्यायिक समितिमार्फत न्याय निरुपणका प्रक्रियासमेत स्थानीयस्तरमै अघि बढेको भन्दै यसले देशलाई लोकतान्त्रिक विधिबाट समृद्विको दिशामा अघि बढ्ने ढोकालाई थप सुदृढ तुल्याएको उल्लेख गर्नुभयो ।

उहाँले विभिन्न तहका जननिर्वाचित निकायमा अभुतपूर्व रुममा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै राजनीतिक एवं संवैधानिक परिवर्तनबाट देशलाई सामाजिक समानता एवं आर्थिक समृद्वितर्फ अगाडि बढाउने र संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थव्यवस्थासहित राष्ट्रलाई आत्र्मनिभर बनाउने अवसर प्राप्त भएको बताउनुभयो ।

देशमा रहेको अथाह प्राकृतिक सम्पदालाई दिगो रुपमा प्रयोग गर्दै मुलुकलाई समृद्व बनाउने दायित्व आम नेपालीको भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *