पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई
चैत ८,२०७५ । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ।
विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न फाइनलमा नेपाललाई ३-१ ले हराउँदै भारतले लगातार पाँचौ पटक उपाधि जितेको हो।
भारतको जितमा डालिमा छिब्बर, ग्रेस दाङमेइ र अञ्जु तामाङले गोल गरे भने नेपालका लागि साबित्रा भण्डारीले एक गोल फर्काइन्।
पहिलाे हाफमा बराबरी खेलेकाे नेपालले दाेस्राे हाफमा लय गुमाउँदा घरेलु मैदानमै पराजित हुनुपर्यो।