छक्का पञ्जा ३ काे ट्रेलर रिलिज

Sharing is caring!

असोज ६, २०७५ ।  फिल्म छक्का पञ्जा-३ को ट्रेलर रिलिज भएको छ । नेपालका चर्चित हाँस्य कलाकारहरुकाे अभिनय रहेको चलचित्रको ट्रेलर शनिवार राजधानीको क्यूज हलमा पत्रकारलाई देखाएपछि युट्युबमार्फत् वल्ड वाइड रिलिज गरिएको हो । ट्रेलरमा शिक्षा क्षेत्रमा हुने राजनीतिलाई चलचित्रमा मुख्य विषयवस्तु बनाइएको चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले बताए।

गिरी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ को दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसार्इं, शिवहरि पौडेल, लक्ष्मी गरी, निर शाह, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइराला, किरण केसी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

 यो फिल्म असोज २४ गते घटस्थापनाबाट देशैभर प्रदर्शन हुने निर्माता गिरीले जानकारी दिए ।

ट्रेलर हेर्न क्लिक गर्नुहोस्:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *