सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि

Sharing is caring!

असोज ६, २०७५ । दशैं नजिकिँदै गर्दा सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने निर्णय गरेको छ । यातायात व्यवसायीहरुले दशैंको अग्रिम टिकट बुकिङ रोकेपछि सरकारले १० प्रतिशत भाडा बढाउने निर्णय गरेको हो ।

शनिबार भएको वार्तामा हालै मात्र इन्धनको मूल्य बृद्धिलाई आधार मानेर १० प्रतिशत भाडा बढाउने सहमति भएको हो । नयाँ भाडादर भोलिदेखि नै लागू गर्न यातायात व्यवस्था विभागलाई जानकारी गराईएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *