निर्मला हत्याकाण्ड: महिला संघले भोलि ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

Sharing is caring!

असोज ६, २०७५ ।  नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै असोज ७ गते (भोलि) देशका ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर आजका मितिसम्मपनि सरकारले निर्मला हत्याकाण्डको दोषीलाई कानुनी कठघरामा उभ्याउन नसक्नु दुःखद् भएको टिप्पणी गरेको छ । संघकी अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य उमा रेग्मीले निर्मला हत्याका बास्तविक दोषीलाई सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको आरोप लगाईन्।
उनले भनिन्,‘आज यत्तिका दिन भैसक्यो, तर सरकारले निर्मला हत्याका बास्तविक दोषीलाई सार्वजनिक गर्न सकेको छैन् । दोषी सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको छ । यो घट्ना यतिकै डिसमिस हुने खतरा देखिएकोले हामीले भोलि आईतबार दिनको ठीक १२ बजे देशका ७७ वटै जिल्लामा यीनै व्यतिथिकाविरुद्ध विरोध र्याली गर्ने र प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र लेखि ¥यालीसहित सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय गरेका छौं ।’
रेग्मीले गणतन्त्रमापनि न्याय नपाउने हो भने कहिले पाईन्छ भन्दै सरकारलाई प्रश्न समेत गरिन् । उनले भने,‘अहिले मानवता हराएको छ । सरकारको पहिलो प्राथमिकता भनेको नागरिकको जीउ धनको सुरक्षा गर्नुपर्ने हो । तर, अहिले त्यस्तो गरिएको देखिएन् ।’
बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्छ भनेर आफूले संसदमा जोडदारसँग कुरा उठाएकोपनि उनले सुनाईन् । उनले भनिन्,‘बलात्कारीलाई मृत्युदण्ड दिईएन भने झनै यस्ता घट्नाहरु घटिरहन्छन् । कञ्चनपुर घट्नामा जति नै ठूला बडाका मान्छे भएपनि दोषीलाई कारबाही हुनुपर्छ । प्रधानमन्त्रीले पनि कारबाही गरेर छाड्छु भन्नुभएको छ। उहाँले बोलेका कुरा पूरा गर्नुपर्छ ।’
आफूहरुले महिला अस्मितामाथि दिनप्रतिदिन प्रहार भैरहेकोले भोलि ‘टोकन स्टा«ईक’को रुपमा देशैभरिका जिल्ला प्रशासनमा विरोध ¥याली गर्ने र प्रधानमन्त्रीको नाममा लेखिएको ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष रेग्मीले जनाईन् । कञ्चनपुर घट्नामा प्रहरी प्रशासनको भूमिका र क्षमतामाथि नै ठूलो प्रश्न उठेको उनको आरोप छ । रेग्मीले भनिन्,‘अब प्रहरीले राम्रो छबि बनाउनको लागि पनि वास्तविक अपराधीलाई पत्ता लगाई काुननी कठघरामा उभ्याउनुपर्छ ।’
मुलुकमा ‘ल एण्ड अर्डर’ कायम राख्न नसक्ने सरकारको औचित्य नहुने भन्दै संसदबाटै आफूले गृहमन्त्रीको राजिनामा मागिसकेको रेग्मीले जनाईन् ।
संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल महिला संघले देशमा दिनादिनु बढ्दै गैरहेको शान्ति, सुरक्षाको हनन र मानव अधिकारको हननको विषयलाई लिएर वर्तमान सरकारलाई पटक–पटक ध्यानाकार्षण गराउँदै आईरहेको छ । कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डपछि यो देशमा हरेक दिन प्रायः कुनै न कुनै बहानामा महिलामाथि बलात्कार, हत्याहिंसा, अराजकता, दण्डहिनता र आकाशिंदो मुल्यवृद्धिको कारण आम नेपालीको जनजीवन कष्टकर बन्न पुगेको छ। त्यसको ज्वलन्त उदाहरणका लागि आजका मितिसम्म सरकारले निर्मला हत्याकाण्डको दोषीलाई कठघरामा उभ्याउन नसक्नु हो । नेपाल महिला संघ तुरुन्त वास्तविक दोषीलाई पत्ता लगाई कडा भन्दा कडा कारवाहीको जोडदार माग गर्दछ।’
अध्यक्ष रेग्मीको नाममा जारी विज्ञप्तीमा थप भनिएको छ,‘नेपाल महिला संघले आश्विन ०७ गते आईतबार दिनको ठीक १२ बजे देशका ७७ वटै जिल्लामा यीनै बेथितिको विरुद्ध विरोध ¥याली गर्ने र प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र लेखी ¥यालीसहित सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय गरेको छ । यसैगरी उपत्यकाको हकमा आश्विन ०७ गते आइतबार दिनको ठिक १२ बजे (काठमाडौं, भक्तपुर र ललितपुर) संयुक्त रुपमा माईतीघर मण्डलाबाट शान्तिपूर्ण विरोध जुलुस निकाली प्रधानमन्त्रीको नाममा लेखिएको ज्ञापनपत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बुझाउने कार्यक्रम रहेको छ।’
कार्यक्रममा संघका महासचिव मञ्जु खाँण, सचिव उषा राउत, केन्द्रीय सदस्यद्धय गंगा अवाल र गोमा भट्टराईको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *