भिसा प्राप्त गरेका कामदारलाई इजरायल नजान श्रम मन्त्रालयको आग्रह

Sharing is caring!

असोज २३, २०८० । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायल नजान आग्रह गरेको छ ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न भनेको हो ।

भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो । इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण१० जना नेपाली विद्यार्थीहरूको ज्यान समेत गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *