आज राष्ट्रिय शोक : राष्ट्रिय झण्डा आधा झुकाइने

Sharing is caring!


असोज २३, २०८० । सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँदैछ ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो ।

राष्ट्रिय शोक अन्तर्गत आज देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *