राष्ट्रिय आवश्यकता पुरा गर्न जसरी पनि जहाज किनेरै छोड्छौं : मन्त्री किराती

Sharing is caring!

कात्तिक ५, २०८० । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कुनै पनि हालतमा नयाँ जहाज किनेरै छोड्ने अठोट दोहो¥याएका छन् । उनले यसअघि जहाज किन्ने कुरामा विभिन्न विवाद आएको विषयलाई नियत र सोच गलत भएको हुन सक्ने तर आफूले असल नियतका साथ यो निर्णय गरेको दाबी गरेका हुन् ।

‘यो देशमा जहाज नै नल्याओस् जहाज खरिद बिक्रीमा माफियाको रुपमा भूमिका निर्वाह गर्न खोज्ने प्रवित्तिलाई म खारेज गर्छु । जहाज किन्ने कुरामा विभिन्न विवाद त भए स्वभाविक रुपमा सोच गलत थियो होला । सोच गलत भएपछि विवादीत हुन्छ होला तर हाम्रो यसपाल सोच गलत छैन् । सोच गलत नभइ असल राष्ट्रिय हितमा राष्ट्रिय हितको लागि आवश्यकता पुरा गर्नको लागि हामी जहाज किन्न खोज्दै छौं । यसपालि हिजोको जस्तो प्रोपोगान्डा हुदैन् ।’

यसैबीच आजै नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले एक सूचना सार्वजनिक गर्दै तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *