राष्ट्रपति पौडेलद्वारा काठमाडौंका शक्तिपीठको दर्शन

Sharing is caring!

कात्तिक ५, २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ अन्तर्गत महाअष्टमी पर्वका अवसरमा काठमाडौंका विभिन्न शक्तिपीठको दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले आइतबार नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायतका शक्तिपीठ पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन्।

राष्ट्र प्रमुखको हैसियतमा हरेक वर्ष राष्ट्रपतिले उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ ।
यसअघि राष्ट्रपति पौडेलले पत्नी सवितासहित काभ्रेस्थित पलाञ्चोक भगवतीको समेत दर्शन तथा पूजाअर्चना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *