छ प्रदेशमा अतिवृष्टि हुने, उच्च सर्तकता अपनाउनु

Sharing is caring!

साउन २८, २०८० । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका धेरै थानमा अतिवृष्टि हुने सम्भावना रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा पोखरा, वीरेन्द्रनगर,काठमाडांैलगायत मधेश प्रदेशमा भारी वर्षा भएको जनाएको छ । विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिकै सरेकाले दिउँसो देखि भोलिसम्म अझै धेरै पानी पर्ने अनुमान गरेको हो ।

हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छभने कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर मौसम पूर्ण बदली रहनेछ भने देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै,साथै मधेश प्रदेशको एक–दुई स्थानहरुमा मेघ गर्जन-चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

राति देशभर मौसम सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।

पछिल्लो २४ घण्टामा कास्कीमा अति भारी वर्षा भएको महाशाखाले जनाएको छ । कास्कीको पोखरामा मात्रै १२२ दशमलव ७ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि जनकपुरमा ७७ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । यस्तै,विरेन्द्रनगरमा ७५ दशमलव ८, काठमाडौमा ४९ दशमलव ९,ओखलढुंगामा ३६ दशमलव २ तथा नेपालगञ्जमा २७ दशमलव ३ मिलिमिटर वर्षा मापन गरिएको छ ।

उक्त क्षेत्र भएर बग्ने ठूला नदी तथा खोलामा जल सतह उच्च हुने हुँदा बाढी,पहिरो र डुवानबाट जोगिन महाशाखाले सबैलाई उच्च सर्तकता अपनाउँन भनेको छ । साथै,सडक मार्गको प्रयोग गर्दा पूर्व सूचना लिएर मात्रै यात्रा गर्न पनि आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *