गौर हत्याकाण्डको कारण र परिणाम

Sharing is caring!

साउन २८, २०८० । गौर हत्याकाण्ड भएको १७ वर्षपछि माओवादी नेतृत्वको सरकारले छानबिन गरेर दोषीलाई सजाय दिने भएछ । यसले मधेसवादी दलमा खैलाबैला चलेको देखिन्छ । गौर हत्या आजको मानव सभ्यतालाई लज्जित गर्ने बर्बर काण्ड थियो । यस्तो जघन्य अपराध कुनै पनि बाहनामा हुनुहँुदैन र भयो भने न्यायको कठघरामा ल्याएर सजायको भागिदार बनाउनु राज्यको मूल दायीत्व हो । त्यसो हुनाले दोषीले सजाय पाउनै पर्छ ।

तर, गत ३० वर्ष यता भएको जघन्य हत्या यो नै मात्र हो त रु माओवादी सशस्त्र विद्रोह सुरु भएपछि योभन्दा पनि जघन्य र बर्बर हत्याकाण्ड एक होइन अनेक भएका छन् । बाँदरमुढेमा यात्रु बसमा काखका नानीसमेतलाई बाहिर निस्कन नदिएर जिउँदै आगो लगाएर गरेको हत्याको बर्बरता गौरभन्दा कम थियो त रु सुतिरहेको शिक्षक मुक्तिको हत्या होस् वा सोलुखुम्बु तिंगलाका ललितबहादुर खड्कालाई माइकिङ गरेर मार हानेर गरेको हत्या होस्, अनेकन उदाहरण छन् । यस्तो त क्रान्तिकारीले होइन भारतको चुम्बल घाँटीका कुख्यात डाकाले पनि गरेको सुनिएको थिएन ।

युद्धका नाममा उसैलाई खाल्टो खन्न लगाएर पुर्ने काम माओवादी र सेना दुवैतपÞर्mबाट एक होइन अनेक ठाउँमा भएका छन् । सेना त परिवर्तन विरोधी र यथास्थितिको रक्षक मानिन्छ १ तर, परिवर्तन र मानवमुक्तिका लागि भनेर गरिएको क्रान्तिका नामका यस्ता जघन्य अपराधलाई मकै पिस्ता घुन पिसियो भन्नु नितान्त आपराधिक अभिव्यक्ति हो । ती तमाम घटनाको पनि छानबिन गरेर दोषीलाई कठघरामा ल्याएर सजाय दिन सक्नुपर्छ ।

आजको यो युगमा गोर्खाका नन्दप्रसाद अधिकारीले न्यायका निम्ति अनशनबाट मृत्यु वरण गर्नुप¥यो भने उनकी पत्नी गंगामाया झन्डै १२ वर्षदेखि अनशनमा छिन् । संसारकै उत्कृष्ट भनेर स्वधोषित यो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानसभाद्वारा निर्मित संविधानले खै तिनले न्याय दिएको रु आफ्नो आङको भंैसी नदेख्ने अरूको आङको जुम्रा देख्ने भने जस्तै यस्तो परिस्थिति र परिवेशमा गौर हत्याकाण्डका दोषीलाई मात्रै दण्डित गर्ने हो भने त्यो न्याय होइन प्रतिशोध साबित हुने छ । कुनै दिन मधेस केन्द्रित दलका नेताको नेतृत्वमा सरकार बन्यो भने त्यसले फेरि अरूलाई यसरी नै दण्डित गर्ने छ ।

यसले न्याय होइन प्रतिशोध राज्यको मुख्य काम बन्न जान्छ । यसको अर्थ गौरकाण्डलाई उन्मुक्ति दिनुपर्छ भन्ने पटक्कै होइन । एकै प्रकारका जघन्य र मानवता विरोधी अपराध जुनसुकै नामबाट भएका भए पनि उन्मुक्ति पाउनुहुँदैन भन्ने मात्रै हो । राज्यको उत्पत्ति, आवश्यकता र औचित्व सुरक्षासँग जोडिएको हुन्छ । महाभारतमा भीष्म भन्छन्, ‘राज्य भनेको दण्ड हो ।’ तर, त्यस्तो दण्ड न्यायिक हुनुपर्छ । अन्यथा राज्य र डाँका गिरोहमा फरक हँुदैन । यस गौर हत्याकाण्डका सम्बन्धमा किन सम्बन्धित यति बर्बररूपमा प्रस्तुत भए भने हेर्न यसको पृष्ठभूमिलाई पनि बुभ्mन जरुरी छ । यसको अर्थ त्यो हत्याकाण्डको औचित्य साबित गर्न खोजेको अर्थ पटक्कै नलागोस् ।

२०५२ सालमा माओवादी सशस्त्र विध्रोह सुरु भएपछि जसरी पश्चिम पहाड हँुदै मध्य र पूर्वीपहाड प्रभावित भयो मधेस खास गरेर मधेसी बाहुल्य क्षेत्र त्यसरी प्रभावित भएन । एकाध नेताबाहेक आममधेसी युवामा माओवादीको प्रभाव नगन्यरूपमा थियो । भारतसँगका खुला सिमाना र निकटको सम्बन्धका साथै आफ्नो धर्म, संस्कृति र संस्कारमा बलियोसँग बाँधिएको मधेसी समाजमा माओवादीले अपेक्षाकृत सजिलो प्रवेश पाएन । जब माओवादी भारतको पहलकदमीमा १२ बुँदेमार्फत शान्ति प्रक्रियामा आए, तब मधेसको घना जनसंख्या भएको क्षत्रमा आफ्नो प्रभाव न्यून भएको अनुभूति भयो ।

उनीहरूसंँ एकाध नेता र कार्यकताबाहेक मधेसलाई राम्रोसँग चिनेको र बुझेको नेता र कार्यकर्ता थिएनन् । त्यसैले पहाडे कार्यकर्ता पठाउने बाध्यता आइप¥यो । त्यसैकारण पहाडबाट कार्यकर्ता खटाइयो । तर, ती समाजिक संरचनामा उपेक्षितवर्गका थिए एवं ढंगको राजनीतिक र सैद्धान्तिक प्रशिक्षण नपाएका थिए । तिनीहरूमा केही थियो भने फगत प्रतिशोधको भावना थियो । ती उन्मत्त माओवादी कमाण्डर र कार्यकर्ताले मधेस पसेपछि धनी किसान र जमिन्दारसँग जबरजस्ती चन्दा लिने मात्रै गरेनन्, तिनका बगैंचाका रुखहरू काट्न लगाएर बेच्ने काम समेत ब्यापकरूपमा सुरु गरे । बाबुबाजेले लगाएको बगैंचासँग मानिसको भावनात्मक सम्बन्धसमेत जोडिएको हुन्छ ।

यस सन्दर्भमा मेरो चिनजानका एक जना राजविराजका प्रतिष्ठित वकिलको गाउँको घरमा उनका पितासँग ठूलो रकमको माग गरियो । मसँग त्यति पैसा छैन भनेपछि बाजेको पालादेखिको अरूले ३० लाखमा किन्न माग्दा पनि नदिएको आँप, कटहर, सिसांै आदिको बगैंचालाई १२ लाखमै बेचिदिएछन् । ती वकिलले थाहा पाएर रातारात घर पुगी त्यति पैसामै दिन्छु बगैंचा नकाटी देऊ भन्दा हामीले पैसा लिई सक्यौं, अब हँुदैन भनेर मानेनछन् । यस्ता घटना धेरै भएका छन् । माओवादीले गाउँमा जगा राखेर सहरमा बसोबास गर्ने मधेसी वा गैरमधेसीलाई सामन्ती भनेर जग्गामा झन्डा गाडी दिएर वा डर त्रास देखाएर कौडीको मोलमा लिएर अरूलाई बेचेर पैसा कमाउने काम पनि त्यतिकै गरे ।

वर्षौंदेखि आफू उपेक्षित भएको महसुस गरेका मधेसी समुदाय माओवादीका यस्ता क्रियाकलापले गर्दा आन्दोलित हुनपुग्यो। त्यस आन्दोलनलाई नेपाली सेना र जनमुक्ति सेना मिलेर दबाउनुपर्छ भन्ने वक्तव्य माओवादी अध्यक्षबाट आयो । ठीक त्यसैबेला सिराहाको लाहानमा शान्तिपूर्ण आन्दोलन गरिरहेका मधेसी आन्दोलनकारीमाथि एक जना माओवादी नेताको गाडीमा आएको रहस्यमय सार्पसुटरको गोली लागेर २०६३ साल माघ ५ गते एक जना निहत्था कलिलो किशोर रमेश महतोको हत्या भयो । यसले मधेसी आन्दोलनको आगोमा घिउ थप्ने काम ग¥यो ।

माओवादीले एउटा अर्को मधेसको सबैभन्दा संवेदनशील र भावनात्मक पक्षमाथि झन् ठूलो आघात पु¥याए जसले गर्दा मधेसीलाई प्रतिशोधमा उत्रन बाध्य पा¥यो । मधेसमा उमेर पुगेकी छोरी बुहारीले आफ्ना नजिकका नाताबाहेकका अरू पुरुषका अगाडि घुम्टोले मुख ढाक्ने गर्छन् र मधेसका घरमा एउटा घेरा जस्तो हुन्छ । त्यसभन्दा भित्र नजिकको नाताबाहेक अरू मानिस जादैनन् र जान हुँदैन ।

यो सामान्ती संस्कार हामी मान्दैनांै भन्दै माओवादीले आइमाईको घुम्टो हटाइदिने र उनीहरूका बस्ने र सुत्ने ठाउँहरूमा समेत जबरजस्ती पस्न थाले । जसले माओवादी र माओवादीका पहाडे कार्यकर्तालाई प्रतीक बनाएर मधेसी समाज सम्पूर्ण पहाड़ेमाथि थप आक्रोसित बन्न पुग्यो । अहिले यी सम्पूर्ण यथार्थलाई नहेरी केवल गौरहत्यालाई मात्रै दोष दिने हो भने त्यसको परिणाम के होला रु अहिले कल्पना गर्न पनि कठिन हुन्छ । यो खबर नेपाल राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *