संसद्को अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

Sharing is caring!

कात्तिक १६, २०८० । सरकारले संसद्को अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मध्यरातिदेखि चालु अधिवेशन अन्त्य गर्ने निर्णय हो । बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।

ज्वालाले भने,‘आजको क्याविनेटले चालु संसद अधिवेसन मध्यराती १२ बजेदेखि अन्त्य गर्ने निणर्य गरेको छ । साथै सचिवहरुको वडुवा सन्दर्भमा सहसचिव राधिका अर्याललाई प्रसाशन सचिवमा बढुवा गर्ने र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गर्ने निणर्य गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *