ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

Sharing is caring!

कात्तिक १६, २०८० । टी–२० विश्वकप एसिया छनोट जारी खेलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
पहिला व्याटिङ गरेको ओमानले नौ विकेटको क्षतिमा १४५ रन बनायो ।

टस जितेर ओमानलाई व्याटिङको निम्तो दिएको नेपालले सुरुदेखि नै दबाबमा राख्न सफल भयो । टीयू मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी,सन्दीप लामिछानेले र करण केसीले समान २-२ विकेट लिँदा अविनास बोहोरा,गुल्सन झाले समान १-१ विकेट लिए ।

ओमानका लागि क्याप्टेन जीसन मक्सुदले २६ बल खेलेर सर्वाधिक ३२ रन बनाएका थिए । नेपालका लागि पहिलो विकेट करण केसीको बलमा आसिफ शेखले दिलाए । पहिलो ओभरको ५ बल बलिङ गरेका केसीले ८ रन खर्चिएर ओमानका ओपनिङ व्याट्समान कश्यप प्रजापतिलाई आउट गराए । उनी आउट हुँदा ५ बलको सामना मात्रै गरेका ओमानका प्रजापतिले दुई चौका प्रहार गरी ८ रन मात्रै बनाएका थिए।

यस्तै नेपालका लागि दोस्रो विकेट सोमपाल कामीले लिए । दुई ओभरको समाप्तिपछि तेस्रो ओभरको सुरुमा बलिङ गरेका कामीले पहिलो बलमै अकिब इलियासलाई बोल्ड आउट गरे । ६ बलको सामना गरेका अकिबले २ रनमात्रै बनाएका थिए । जतिबेला ओमानको रन २१ मात्रै थियो ।

नेपालका लागि तेस्रो विकेट गुल्सन झाको बलमा रोहित पौडेलले प्रतिक आठवलेलाई क्याच आउट गराए । १८ बल खेलका उनले २४ रन बनाएका थिए । नेपालका लागि चौथो विकेट सोमपाल कामीले दिलाए । सोयब खानलाई आउट उनले गराए । उनले पाओर प्लेमै ओमानलाई दबाबमा राख्न जारी खेलमै दुई विकेट लिए थिए । पाँच ओभरको खेल समाप्ति हुँदा ओमानले ४ विकेटको क्षतिमा ४३ रन मात्र बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *