काठमाडौं । सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग घले समाजका पदाधिकारीहरूले भेटघाट गरेका छन्।
भेटका क्रममा घले समुदायलाई आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन, २०५८ को अनुसूचीभित्र स्वतन्त्र जातिका रूपमा सूचीकृत गरी संवैधानिक तथा कानुनी मान्यता सुनिश्चित गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको थियो।
सो अवसरमा सभामुख अर्यालले राज्यले कुनै पनि नागरिकमाथि विभेद गर्न नहुने उल्लेख गर्दै घले समुदायका मागप्रति आवश्यक समन्वय तथा पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
04 May 2026