काठमाडौं । सरकारले सिफारिस गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ रामचन्द्र पौडेल द्वारा जारी भएसँगै निजामती सेवामा ट्रेड युनियनसम्बन्धी व्यवस्था औपचारिक रूपमा खारेज भएको छ।
आइतबार जारी उक्त अध्यादेशमार्फत निजामती सेवा ऐन संशोधन गर्दै कर्मचारीहरूले दल–सम्बद्ध ट्रेड युनियन गठन गर्न पाउने प्रावधान हटाइएको हो। यस अध्यादेशअन्तर्गत करिब २० वटा ऐनमा संशोधन गरिएको छ, जसमा निजामती सेवा ऐन पनि समावेश छ।
03 May 2026