काठमाडौं। नेता रवीन्द्र मिश्रले आफ्नो राजनीतिक यात्रादेखि नै उठाउँदै आएको मुख्य विषय सरकारी वेतनधारीको “दलीय” भातृ संगठनको खारेजी भएको बताएका छन्।
उनले सन् २०१८ (२०७५ साल) मा लेखेको आफ्नो लेख उद्धृत गर्दै दलीय पेसागत संगठन पूर्ण रूपमा बन्द नगरेसम्म विकासका केही संकेत देखिए पनि देशको समग्र रूपान्तरण सम्भव नहुने धारणा राखेका थिए।
मिश्रका अनुसार हाल राजनीतिक रूपमा अपेक्षित सफलता नपाए पनि सुशासनका क्षेत्रमा केही सकारात्मक संकेत देखिनु खुशीको विषय हो। उनले दलीय भातृ संगठनको खारेजीलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनतर्फको महत्वपूर्ण कदम अर्थात् “कोसेढुंगा” भएको टिप्पणी गरेका छन्।
04 May 2026