स्वार्थको आधारमा टिकट वितरण र सेटिङ्ग खारेज: रास्वपाले उम्मेदवार छनोटका लागि नयाँ प्रक्रिया लागू गर्ने

hitkhabar.com


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियामा व्यापक परिवर्तन गर्दै स्वार्थका आधारमा टिकट वितरण र “सेटिङ्ग” पूर्ण रूपमा खारेज गर्ने तयारी गरेको छ।

पार्टीका अनुसार अब स्थानीय तहका उम्मेदवार बन्न इच्छुक सदस्यले सर्वप्रथम RSP क्याण्डिडेट क्लबमा औपचारिक आवेदन दिनुपर्नेछ। त्यसपछि निम्न चरणहरू पूरा गर्नुपर्नेछ:

  • आवश्यक प्रशिक्षण अनिवार्य रूपमा लिनुपर्ने
  • लिडरसीप एकेडेमीमा २५ अंकको मूल्याङ्कनमा पास हुनुपर्ने
  • पार्टीप्रतिको लगाव तथा राजनीतिक आवद्धताको आधारमा २५ अंकको मूल्याङ्कन
  • प्रारम्भिक निर्वाचनमार्फत ४० अंकको मत प्राप्त गर्नुपर्ने
  • समावेशीताको आधारमा १० अंक थप प्राप्त गर्न सकिने

यी सबै चरण पूरा गरेपछि मात्र उत्कृष्ट उम्मेदवारलाई टिकट प्रदान गरिने पार्टीले जनाएको छ।

प्रतिक्रिया