जनस्तरमा देखिएको आक्रोस व्यवस्थाप्रति होइन, हामीप्रति हो : नेता कोइराला

Sharing is caring!

मंसिर २२, २०८० । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पछिल्लो समय जनस्तरमा देखिएको आक्रोस व्यवस्थाप्रति नभएको बताएका छन् ।

बीपी स्टडी युथ सर्कलले आयोजना गरेको रीता शाहीद्वारा लिखित ‘चिनारी’ नामक दोस्रो गजल संग्रह विमोचन कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरुको गतिविधिका कारण आक्रोस पैदा भएको बताए ।

उनले भने, ‘युवाहरु निरास भएको अवस्था छ । देशमा देखिएको आक्रोस व्यवस्था प्रति होइन, हाम्रै क्रियाकलापका कारण जन्मिएको हो । जुन गलत कामहरु भइरहेका छन्, त्यसप्रतिको आक्रोस हो । यसलाई नेपाली काङ्ग्रेस मात्रै होइन, सबै राजनीतिक दलले समयमै बुझेर नियन्त्रण गर्न सके व्यवस्थालाई कुनै असर गर्दैन ।’

त्यसका आफ्नो व्यवहार, आचरणलाई परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । ‘देशमा व्याप्त भ्रष्टाचारलाई अन्त्य नगरेसम्म सुशासनल्याउन सक्दैनौ’ नेता कोइरालाले भने ।

निर्वाचन प्रणालीमा गठबन्धन गर्नैर्ने तर प्रि–इलेक्शन गर्ने हो कि पोस्ट इलेक्शन (चुनाव अघि वा चुनावपछि) गर्ने भन्नेमा गम्भीर भएर सोच्न जरुरी रहेको उनले औंल्याए ।

देश परिवर्तन गर्नु छ भने, नेपाली काङ्ग्रेसलाई परिवर्तन गर्दै जानुपर्नेमा जोड दिंदै कोइरालाले भने, ‘यसो गर्न सक्यो भने मात्रै देश परिवर्तन हुन्छ ।’

कार्यक्रममा काङ्ग्रेसका प्रमुख सचेतकरमेश लेखकले रीताको कृति दर्शन, साहित्य, राजनीति, अर्थ सबै कुराले भरिपूर्ण रहेको उल्लेख गरे ।

‘आवाज नभएकोलाई आवाज दिने साहित्यको जुन विशेषता छ त्यसले राजनीतिलाई टेवा दिन्छ’ उनले भने ।

सरकारले, पार्टीहरुले राम्रो तरिकाले काम गर्न सकेनौ कि भन्ने चिन्ता र चासो व्याप्त रहेको भन्दै लेखकले नेपाली काङ्ग्रेस यसमा गम्भीर हुन आवश्यक रहेको बताए ।

‘उनले भने, ‘जुन असन्तुष्टिहरु देखिएका छा् त्यो संविधान र व्यवस्थाप्रति मुखरित हुन नदिनको लागि र यसको पूर्ण सुरक्षाका लागि काङ्ग्रेस गम्भीर हुन आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *