पर्यटनमन्त्री पौडेलसँग ईयू सदस्य राष्ट्रका राजदूतहरूको शिष्टाचार भेट

hitkhabar.com



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’सँग युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रका राजदूतहरूले शिष्टाचार भेट गर्नुभएको छ।

मन्त्रालयमा भएको भेटमा नेपाल र युरोपियन युनियनबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। साथै, नेपालको पर्यटन प्रवर्द्धन र नागरिक उड्डयन क्षेत्रको विकासमा आपसी सहकार्य विस्तार गर्ने विषयमा पनि महत्वपूर्ण कुराकानी भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा नेपालमा पर्यटन क्षेत्रको सम्भावना, अन्तर्राष्ट्रिय सहकार्य र उड्डयन सुरक्षालगायत विषयमा विचार आदानप्रदान गरिएको थियो।

प्रतिक्रिया