काठमाडौं । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईसँग नर्वेको परराष्ट्र मन्त्रालयअन्तर्गत क्षेत्रीय मामिला विभागकी महानिर्देशक महामहिम सुश्री सिग्ने ब्रुडसेटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र नर्वेबीच सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठकका उपलब्धिहरूको दुवै पक्षले प्रशंसा गरेका थिए।
सो अवसरमा नेपाल–नर्वे द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा ऊर्जा, शिक्षा, सामाजिक न्याय र व्यापारलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।
26 May 2026