बागमतीका मुख्यमन्त्री लामाले आज पदबाट राजीनामा दिने, इन्द्र बानियाँ नयाँ मुख्यमन्त्री बन्ने पक्का

hitkhabar.com


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार पदबाट राजीनामा दिने भएका छन् । लामो समयदेखि पार्टीभित्रको आन्तरिक समिकरण मिलाउने प्रयासस्वरूप उनले आज बिहान हेटौंडा पुगेर प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् ।

मुख्यमन्त्री लामाले १४ साउनमा नियुक्त गरेका तीन मन्त्रीको सपथ गराउने प्रस्तावसहित पार्टीभित्रको विवाद समाधान गर्न पहल गरेका थिए । लामा पक्षसँग सहमति जुटेपछि उनले सरकार सञ्चालनको बाटो खुला गर्न राजीनामा दिन सहमति जनाएका हुन् ।

लामाको राजीनामापछि बागमतीको नयाँ मुख्यमन्त्री कांग्रेसका नेता इन्द्र बानियाँ बन्ने पक्का भएको छ । सत्ता साझेदार दलहरूसँगको छलफल र समझदारीअनुसार बानियाँले अबको नेतृत्व सम्हाल्ने सहमति बनेको स्रोतले जानकारी दिएको छ ।

यससँगै बागमती प्रदेशमा सत्ता सन्तुलन फेरिने भएको छ भने बानियाँको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठनको तयारी समेत अघि बढाइएको छ ।

प्रतिक्रिया