सुनको भाउ एकैदिन साढे ९ हजारले बढ्यो

hitkhabar.com



 काठमाडौं । नेपाली बजारमा आइतबार (माघ २५) सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला साढे नौ हजार रुपैयाँले बढेको हो।

महासंघका अनुसार आइतबार सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार (माघ २३) सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ३०० रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया