काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले युरोपेली सङ्घ (इयू) सम्बद्ध विभिन्न मुलुकका राजदूत, डेपुटी हेड अफ मिसनलगायत कूटनीतिज्ञहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
आज मन्त्रालयमा भएको भेटवार्तामा नेपालको शिक्षा क्षेत्र, शिक्षामा समावेशिता, पूर्वाधार विकास र शिक्षकको पेसागत विकासका क्षेत्रमा सहकार्य तथा साझेदारीका विषयमा छलफल भएको थियो।
भेटका क्रममा मन्त्री पोखरेलले नेपाल सरकार शिक्षा सुधारका लागि इयूसँग थप सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपालको शिक्षा क्षेत्रमा इयू सम्बद्ध राष्ट्रहरूले पुर्याउँदै आएको सहयोग र सहकार्यका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो।
25 May 2026