काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेल्टरमा बसोबास गरिरहेका बालबालिकालाई तत्काल विद्यालय पहुँच सुनिश्चित गर्न सांसद आशिका तामाङले सरकारसँग आग्रह गरेकी छन्।
होल्डिङ सेल्टरमा आवश्यक व्यवस्थापन भए पनि धेरै बालबालिकाको पढाइ प्रभावित भएको र नयाँ भर्ना सत्र समेत छुटेको गुनासो बढेपछि उनले बालबालिकाको शिक्षा अवरुद्ध हुन नदिन तुरुन्त पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन्।
सांसद तामाङले बालअधिकार संरक्षण र शिक्षामा समान पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै तत्काल समाधान खोज्न आग्रह गरेकी छन्।
03 May 2026