काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसँग हिमाली क्षेत्रमा चौरी, भेडा, याकलगायत पशुपालन गर्दै गोठालो जीवन बिताउँदै आएका दिदीबहिनीहरूले सिंहदरबारमा भेट गर्नुभएको छ।
मन्त्री चौधरीका अनुसार पहिलोपटक सिंहदरबार प्रवेश गरेका उहाँहरूले वर्षौँदेखि भोग्दै आएको दुःख, संघर्ष र पीडा एकअर्कासँग साटासाट गर्नुभएको थियो।
भेटका क्रममा हिमाली क्षेत्रका गोठाला महिलाहरूले पशुपालनका क्रममा भोग्नुपरेका कठिनाइ, चुनौती र अनुभवबारे जानकारी गराएका थिए।
25 May 2026