काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयनसँग जोडियो

hitkhabar.com


काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा रिजाललाई पक्राउ गरिएको हो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। उक्त आन्दोलनका क्रममा भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदनअनुसार अनुसन्धान अघि बढाइँदा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया