काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा सुरु हुने पार्टी स्रोतले जनाएको छ ।
बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिमाथि केन्द्रीत भएर विस्तृत छलफल हुने बताइएको छ ।
त्यससँगै, पार्टीको १५औँ महाधिवेशनका तयारीसम्बन्धी एजेन्डा पनि बैठकको प्रमुख विषय रहने जनाइएको छ । नेतृत्व चयनदेखि संगठन सुदृढीकरणसम्मका विषयमा कार्यसमिति सदस्यहरूले आफ्ना धारणा राख्ने तयारी गरेका छन् ।
स्रोतका अनुसार बैठकमा पार्टीको वर्तमान रणनीति, सरकारप्रतिको दृष्टिकोण र आगामी राजनीतिक कदमबारे पनि गम्भीर समीक्षा हुने अपेक्षा गरिएको छ ।
30 Oct 2025