सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन ५ हजार ५ सयले वृद्धि

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। मंगलबार सुनको भाउ एकैदिन ५ हजार ५ सय रुपैयाँले वृद्धि हुँदै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेर नयाँ उचाइमा पुगेको छ। महासंघका अनुसार मंगलबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले वृद्धि भई ४ हजार २५५ रुपैयाँ कायम भएको छ।

सोमबार भने चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया