आगामी फागुन २१ को निर्वाचन सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल

hitkhabar.com


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।

शनिबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले हालको असहज र भयपूर्ण परिस्थितिबीच पनि कठिन प्रयासपछि मुलुकले शान्तिपूर्ण निकास पाएको उल्लेख गर्दै सो अवसरलाई गम्भीरतापूर्वक उपयोग गर्नुपर्ने बताएका हुन्।

राष्ट्रपतिले भनेका छन्, “संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम छ। अब छ महिनाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रतर्फ अघि बढ्ने जनताले अवसर पाएका छन्।”

उहाँले सबै पक्षलाई जिम्मेवारीपूर्वक प्रस्तुत भई निर्धारित मितिमा हुने निर्वाचन सफल पार्न योगदान गर्न पनि अपिल गरेका छन्।


प्रतिक्रिया