काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्नु, डलरको विनिमयदरमा उतारचढाव र स्थानीय मागको प्रभावका कारण पछिल्ला दिनमा बहुमूल्य धातुको मूल्य निरन्तर उकालो लागिरहेको व्यवसायीहरू बताउँछन्।
14 Jan 2026