प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

hitkhabar.com


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मङ्गलबार) बिहान ११ बजे बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकसम्बन्धी प्रस्तावहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३’ र ‘मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३’ माथि दफाबार छलफल गरी पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया