सबै दोष सरकार र नेतामाथि थोपार्न मिल्दैन : सभापति देउवा

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा देखिएका समस्या र चुनौतीका सबै दोष सरकार र नेताहरूमाथि मात्र थुपार्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन् ।

मंगलबार सानेपामा आयोजित देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले व्यापारी र उद्योगपति आफैंले केही नगरी सबै दोष सरकारलाई दिने प्रवृत्तिप्रति आक्रोश व्यक्त गरे ।

सभापति देउवाले भने, “व्यापार गर्ने व्यापारीले हो, उद्योग चलाउने उद्योगपतिले हो। समस्या छ भने खुलाएर भन्नुहोस्, सरकारले गर्नुपर्ने काम गर्न तयार छ। तर आफूले केही नगरी सबै दोष नेताहरूको टाउकोमा राख्न पाइँदैन ।”

उनले अझै स्पष्ट पार्दै थपे, “व्यापार सरकारले गर्दैन्, उद्योग सरकारले खोल्दैन । उद्योग खोल्नुहोस्, व्यापार गर्नुहोस्, आफैंले गर्न नसकेको दोष सरकारलाई दिनुभएन नि।”

त्यस्तै उनले कांग्रेस–एमाले मिलेर संयुक्त सरकार बनेपछि मुलुकको अर्थतन्त्रमा सुधार आएको दाबी गरे । उनले दुवै दलबीच भएको सात बुँदे सहमतिले अर्थतन्त्रलाई चलायमान बनाउने महत्त्वपूर्ण उद्देश्य बोकेको स्मरण गरे ।

देउवाले मूल्यवृद्धि नियन्त्रण गरी जनताको पक्षमा प्रभावकारी काम गर्न कांग्रेस प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया