काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज (बुधबार) पनि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा अपराह्न १ बजेदेखि बैठक सुरु हुने प्रवक्ता मनिष झाले जानकारी दिए।
हिजोबाट सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल भइरहेको उनले बताए।
बैठकमा सातै प्रदेशका सभापतिहरूले प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। त्यस्तै, परिवर्तित अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने अवसर पाउने भएको छ।
पार्टी संगठन, विभागीय संरचना तथा रिक्त रहेका केही विभागहरू पूर्ति गर्ने विषयमा पनि बैठकमा छलफल हुने संभावना रहेको झाको भनाइ छ।
24 Sep 2025