आज निषेधाज्ञा र कफ्र्यु आदेश आंशिक खुकुलो

hitkhabar.com


काठमाडौं । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबारदेखि उपत्यकामा जारी निषेधाज्ञा र कफ्र्यु आदेश आंशिक रूपमा खुकुलो हुने जनाएको छ।

बुधबार जारी विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षालाई ध्यानमा राख्दै अत्यावश्यक आवतजावतका लागि केही समय छुट दिइएको उल्लेख छ।

निर्देशनालयका अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्रै अत्यावश्यक कामका लागि आवतजावत गर्न पाइनेछ। तर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा यथावत रहनेछ।

यस्तै, भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ५ बजेसम्म उपत्यकाभर कफ्र्यु आदेश लागू हुने जनाइएको छ।

सेनाले नागरिकको जनधनको सुरक्षा प्रमुख प्राथमिकता भएको दोहोर्याउँदै आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।


प्रतिक्रिया