शेखर कोइरालाको चाहना : सभापति हुँदै प्रधानमन्त्री

Sharing is caring!

चैत ३०, २०८० । पछिल्लो समय नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला नेकपा एमालेसँगको सहकार्यमा जोड दिइरहेका छन् । बिहीबार घोराहीमा आयोजित कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्ने बताए ।

‘मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ’ कोइरालाले एमाले र कांग्रेसबीच सहकार्यको आवश्यकतामा जोड दिँदै भने, ‘छिटोभन्दा छिटो दुई ठुला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ ।’

माओवादी केन्द्रसँगको सत्तासमीकरणमा हुँदा देखि नै एमाले र कांग्रेसबीचको सहकार्यको वकालत गरिरहेका उनी आफ्नो पार्टीसँग माओवादीले सत्ता समीकरण तोडेपछि थप रुष्ट छन् । सत्ता समीकरणमा माओवादीसँगै रहेकै बेला एमालेको साथ लिएर कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाएका डा।शेखर कोइराला पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताच्युत गर्न चाहन्छन् । यसका लागि एमालेसँग मिलेर संघदेखि प्रदेश सबैतिर सरकार बनाउनुपर्ने उनको मत सार्वजनिक हुँदै आएको छ ।

पार्टी नेतृत्वका लागि निरन्तर प्रयास गरिरहेका कांग्रेस नेता डा. शेखर कोइराला अन्तर पार्टी संवादमा छन् । पार्टीमा आफू हावी हुँदै गर्दा एमालेसँग मिलेर माओवादीलाई सत्ताच्युत गर्ने उनको चाहना छिपेको छैन ।

कांग्रेसको महाधिवेशन समयमै भए २०८३ सालमा हुन्छ । पार्टी नेतृत्वमा आफू पुग्न उनले महाधिवेशन केन्द्रित गतिविधि गर्दै आएका छन् । गत महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका उनी आफ्नो मत अनुसारको भाग पार्टीसत्ता र राज्य सत्तामा लिन सफल देखिन्छन् । विस्तारै पार्टीमा सभापति देउवालाई गलाएर नेतृत्व लिने र आफू नेतृत्वमा पुग्दै गर्दा माओवादीलाई सत्ताच्युत गर्ने कोइरालाको चाहना रहेको नेताहरु बताउँछन् ।

नेताहरुका अनुसार कोइराला तत्कालका लागि एमालेसँग मिलेर अगाडि बढ्न चाहन्छन् । यसो गर्दा २०८४ को चुनावमा माओवादी कतै नमिल्ने र एक्ला एक्लै चुनाव हुने अवस्था बन्दा माओवादी खुम्चने र दुई ठूला पार्टीहरु मात्रै मुलुकमा रहने डा।कोइरालाको बुझाइरहेको छ।

सार्वजनिक रुपमा पनि उनले कांग्रेसले एक्लै चुनाव लड्ने र बहुमत ल्याउने वातावरण बनाउने दाबी गर्दै आएका छन् । सभापतिमा दाबी गर्दै आएका कोइरालाले पार्टीका नेता÷कार्यकर्तालाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपु‍र्‍याएसम्म आफ्नो यात्रा नरोकिने समेत बताउने गरेका छन् । यो खबर मध्यान्हबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *