विश्वकै अग्लो पैदलयात्री पुल निर्माण अन्तिम चरणमा

Sharing is caring!

मंसिर १२, २०७५ । अग्ला र लामा झोलुङ्गे पुलका कारण चर्चामा रहेको कालीगण्डकी नदीमाथी बन्दै गरेको बिश्वकै अग्लो पैदलयात्री पुल र बन्जिजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्नेगरी कालीगण्डकी माथि निर्माण भएको पुल सहितका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेका लगानीकर्ताहरुले जनाएका हुन ।

बिश्वकै दोस्रो अग्लो बञ्जी जम्प, बिश्वकै अग्लो लठ्ठामा खेलिने पिङ्ग(स्विङ्ग), बिश्वकै अग्लो र नेपालकै एक मात्र तारमा खेलिने (स्काई साइक्लिङ) को निर्माण कार्य करिब ८० प्रतिशत काम सकिएको सञ्चालक राजु कार्कीले बताए । ‘हामी पुल, बञ्जी र रिर्सोट निर्माणको काम ५ महिना सम्ममा सक्छौ।’ उनले भने ‘हामीले ६ महिना अघि नै सक्ने लक्ष्य राखेका थियौ, प्रबिधी र निर्माण सामाग्री जुटाउँदा अलि समय लाग्यो।’ कालीगण्डकी माथि ५ सय २० मिटर लामो र २ सय २८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुल बिश्वकै अग्लो र साहसीक पैदलयात्री पुल हो ।

कालीगण्डकीको खोंचमा बागलुङको नारायणस्थान र पर्वतको कुश्मा जोड्ने गरी बनाइएको पुल निर्माणका लागि नेपालमा यति लामो लठ्ठा तान्ने प्रबिधी र सामाग्री नहुदा पनि केही समय बढी लागेको सञ्चालक कार्कीले बताए ।

मुलुककै अन्य बन्जी स्पटमध्ये नमुना मानिएको यो पुल र बञ्जी २०७३ बैशाखमा निर्माण सुरु भएको थियो । बञ्जी जम्पसँगै पर्यटकहरुलाई थप आकर्षणका लागि स्काइ साइक्लिङ, स्वीङ र रिसोर्ट समेत सञ्चालनको तयारी भैरहेको छ। स्काई साइक्लिङ बिश्वकै अग्लो र लामो हो । ‘मकाउमा दुई टावर जोड्न यो भन्दा लामो भएपनि नेचुरल्ली बनाएको यो नै बिश्वकै अग्लो हो।’ कार्कीले दाबी गरे । नेपालमा स्काई साइक्लिङ अन्यत्र छैन ।

कुश्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी, सिन्धुपाल्चोकका राजु कार्की, फ्रेन्च नागरिक फ्लोरेन्स र प्रभु बैंकको ऋण लगानीमा बञ्जी जम्प निर्माण भैरहेको हो । १५ करोडमा रिर्सोट सहितका संरचना सम्पन्न गर्ने लक्ष्य राखिएको सञ्चालक कार्कीले बताए । साहसिक पर्यटनमा रुची राख्ने पर्यटकलाई लक्षित गरि बनाउन थालिएको बन्जिजम्प पर्वतको चिनारी हुने बिश्वास लिइएको छ ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *